काठमाडौंः एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरु ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।

ग्राहकहरुलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको iserve डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ ।

उक्त iserve भित्र सेवाग्राहीहरुले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी veriry गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ र त्यसपश्चात ग्राहकले Instant Card वा Name Embossed Card तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ ।


यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएस (SMS) मार्फत ref’erence कोड सहित जानकारी गराइनेछ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकहरुलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ ।

उक्त ref’erence कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गरेको डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् ।

बैंकले ल्याएको यस अनलाईन डेबिट कार्ड अनुरोध सुविधाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकहरुलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १३ गते मंगलबार, १८:२१