भक्तपुरः एनआईसी एशिया बैंकले आफ्ना ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ ।

उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा आज गरेका हुन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरु, ४७१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ७६ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।



प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, १८:५३