काठमाडौंः एनआईसी एशिया बैंकले घातक रोगको बीमा बापत एक जना ग्राहकलाई १० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलकी अन्नु श्रेष्ठलाई घातक रोगको बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले श्रेष्ठलाई उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

प्रकाशित मितिः २०७९ साल फागुन ३० गते मंगलबार, १५:३८