काठमाडौंः दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।
दक्षिण कोरियामा बस्दै आएका नेपालीहरुले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नेछन् ।
उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका यस बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरुमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ ।
कोरियामा बसोबास गरिरहेका नेपालीहरुले सेन्टबी रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्नेछन् ।
।
प्रकाशित मितिः २०७७ साल मंसिर ३० गते मंगलबार, २०:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook