काठमाडौंः एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।

सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले लिगल रेमिटबाट रकम पठाएर बैंकको एनआईसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ ।

लिगल रेमिट मार्फत अष्ट्रेलियामा रहेका नेपालीहरुले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरुका आफन्तहरु वा अन्य व्यक्तिहरुले सो बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरु, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ इकाइहरु तथा ९ हजार भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।



प्रकाशित मितिः बिहीबार, फागुन २९, ०६:४७