काठमाडौं: न्यू डायमण्ड स्पोर्टस् क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आज भएका महिलातर्फ न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई सोझो सेटमा तथा पुरुषतर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई पनि सोझै सेटमा हराएर विजयी सुरुवात गरेका हुन् ।

महिला तर्फको पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–६ २५–२ र २५–५ को सोझो सेटमा पराजित गर्दै न्यु डाइमण्डले सुखद सुरुवात गरेको हो ।

यस्तै, पुरुष तर्फको पहिलो खेलमा नयाँबजारलाई २५–९, २५–२१ र २५–१६ को राजित गर्दै पुलिसले सुखद सुरुवात गरेको हो ।



प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, १८:१४