काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवाबाहेक वाईफाई सेवा पनि सुरु गरेको समाचार आजको गोरखापत्रको अर्थ बजारले क पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, कम्पनीले ‘रेडियो रिसिभर ट्रान्समिटर’मा आधारित रहेर पहिलोपटक यस्तो सुरु गरेको जनाएको छ ।

कम्पनीका अनुसार फोरजीका लागि प्राप्त फ्रिक्वेन्सीकै आधारमा यस्तो सेवा सम्भव भएको हो । जीएसएमका लागि प्राप्त फ्रिक्वेन्सीमार्फत नै उपलब्ध गराइने वाईफाई नेपालको सन्दर्भमा भने पहिलोपटक नै भएको कम्पनीको दाबी छ । एनसेलले हाल १८ सय ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सीमा फोरजी सेवा उपलब्ध गराइरहेको छ ।


कम्पनीका अनुसार तत्कालका लागि यो सेवा कैलालीको टीकापुरमा परीक्षणका रूपमा सञ्चालन गरिएको छ । इन्टरनेट सेवा प्रदायकको खास उपस्थिति नभएका क्षेत्रमा यस्तो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०६:२८