काठमाडौंः सत्तापक्षकै सांसदहरुले एनसेल कर घटाउने गरी फैसला गर्ने न्यायाधीशहरुलाई महाअभियोग लगाउनुपर्ने माग गरेको समाचार आजको कान्तिपुरले तेह्रौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, एनसेल कर प्रकरणमा अदालतले गरेको निर्णयमाथि छानबिन गनुपर्ने माग प्रतिपक्षले उठ्दै आएका बेला सत्तापक्षका सांसदहरूले पनि त्यस्तै अभिव्यक्ति दिएका हुन् ।

प्रतिनिधिसभामा मंगलबार न्यायाधीशलाई महाआभियोग लगाउनुपर्ने धारणा राखे ।

बैठकमा बोल्दै नेकपाका संसद तथा पूर्वमन्त्रीहरुले न्यायाधीशमाथि छानबिन र महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।

 


प्रकाशित मितिः बुधबार, भदौ २५, ०७:१०