अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् ।

शनिबार भएको एन्फाको साधारण सभाबाट शेर्पा नेतृत्व तहमा पुगेका हुन्।

प्रत्यासी मणि कुँवरलाई ५१ मतले हराउँदै शेर्पा अध्यक्ष चुनिएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाए ।

४ उपाध्यक्षका लागि ९ जना प्रतिस्पर्धामा थिए । ११ सदस्यीय कार्यसमितिमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, र प्रदेशसिंह राठौर निर्वाचित भएका छन् ।

यस्तै, दीनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ पनि सदस्य चुनिएका छन् ।