काठमाडौंः शीर्ष स्थानको एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा कठिन जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २–१ गोलको कठिन जित निकालेको हो ।
एपीएफका लनगि रबिना गोलेले एक गोल गरिन् भने एक गोल आत्मघाती उपहार पाएको थियो । यस्तै, पुलिसका लागि अमृता जैशीले एक गोल गरिन् ।
खेलको ६९ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरेपछि एपीएफले अग्रता बनायो । तर, ७५ औं मिनेटमा अमृताले गोल गर्दै पुलिसलाई बराबरीमा ल्याइन् । त्यसपछि ८६ औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाईन् ।
जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ ।
। एपीएफले १० खेलमा ३० अंक जोडेको छ । यस्तै, पुलिसले १० खेलमा १४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ । पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।
प्रकाशित मितिः २०७७ साल फागुन ३ गते सोमबार, १६:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook