काठमाडौंः विभागीय टिम एपीएफ क्लबले जारी राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा विराटनगर महानगरपालिकालाई ७–० ले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।

एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् भने अनिता केसीले २ र सरु लिम्बुले एक गोल गरिन् ।

खेलको नवौं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । २६ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाईन् । ४२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ पहिलो हाफमा ३–० को अग्रता दिलाईन् ।


७२ औं मिनेटमा सरुले गोल गर्दै एपीएफलाई ४–० को अग्रता दिलाईन् । ७४ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५–० को अग्रता दिलाईन् । ७९ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ६–० को अग्रता दिलाईन् । त्यसपछि ८९ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो गोल गर्दै एपीएफलाई ७–० को जित दिलाईन् ।

लगातार दोस्रो जितसँगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ । विराटनगरले २ खेलमा १ अंक जोडेको छ । पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।


प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १७:१५