काठमाडौंः विभागीय टिम एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफले आज उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० ले पराजित गरि अपराजित यात्रालाई कायम राखेको हो ।

एपीएफका लागि सावित्रा भण्डारीले दोहोरो ह्याट्रिकसहित ८, अनिता बस्नेत र अनिता केसीले समान २/२ तथा कप्तान अनु लामा र रबिना एक/एक गोल गरे ।

खेलको चौंथो मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । १८ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफ २–० को अग्रता दिलाईन् । २४ औं मिनेटमा अनिता केसीले गोल गर्दै एपीएफलाई तेब्बर अग्रता दिलाईन् ।


। ३७ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल पुरा गर्दै ह्याट्रिक पुरा गरिन् । सावित्राको ह्याट्रिकसँगै एपीएफले ४–० को अग्रता बनायो । ३९ औं अनिताले सावित्राको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५–० को अग्रता दिलाईन् । ४३ औं मिनेटमा सावित्राले एकल प्रयासमा व्यक्तिगत चौंथो र टिमका लागि छैटौं गोल गरिन् । ४५ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई ७–० को अग्रता दिलाईन् ।

सावित्राले खेलको ५३ र ५६ औं मिनेटमा गोल गरेपछि एपीएफ ९–० ले अघि रह्यो । यस दुई गोलसँगै सावित्राले दोहोरो ह्याट्रिक पुरा गरिन् । खेलको ६५ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई १०–० को अग्रता दिलाईन् । ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत सातौं गोल गर्दै एपीएफलाई ११–० को अग्रता दिलाईन् । ७५ औं मिनेटमा अनुले गोल गर्दै एपीएफलाई १२–० को अग्रता दिलाईन् । ७९ औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफलाई १३–० को अग्रता दिलाईन् । त्यसपछि ८६ औं मिनेटमा सावित्राले व्यक्तिगत आठौं गोल गर्दै एपीएफ १४–० ले विजयी भयो ।

जितसँगै अपराजित रहेको एपिएफको ७ खेलबाट २१ अंक पुगेको छ । पराजित चौदन्डीगढीले अंकको खाता खोल्न सकेको छैन् ।


प्रकाशित मितिः २०७७ साल माघ २६ गते सोमबार, १९:३४