कपिलवस्तुः कृष्णनगर नगरपालिका–२ बाट मंगलबार एपीएफ टोलीले करिब १०० एमएल अफिमसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतमा घर बताउने ४५ वर्षीय गोरप्रित सिंह रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको एपीएफ टोलीले उनलाई उल्लेखित लागूऔषध अफिमसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका सिंहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त अफिम फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई बरामद अफिमसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १०:५६