पाँचथरः फिदिम नगरपालिका–१३ लुङग्रुपास्थित पौवा भन्ज्याङ्गबाट बुधबार एपीएफ टोलीले पात्ले र बन्ठे जातको करीब ३० लाख ७८ हजार
रुपैयाँ बराबरको चिरान काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस राँकेबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १७ सय नौ क्यूफिट चिरान काठ बरामद गरेको हो ।

सो ठाउस्थित डुँड सामुदायिक वन नजिकै वेवारिसे अवस्थामा रहेको उल्लेखित काठ एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ डिभिजन वन कार्यालय फिदिममा बुझाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, २०:३०