धनुषाः धनौजी गाउँपालिका–४ स्थित भडरियाबाट मंगलबार एपीएफ टोलीले करिब दुई लाख ३७ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ठाडिझिजाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद औषधी भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, २०:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook