झापाः बिर्तामोड नगरपालिका–५ स्थित बसपार्क इलाकाबाट मंगलबार एपीएफ टोलीले करिब ५ लाख ७ हजार रुपैयाँ बराबरको मिल्रीनन् ल्याक्टेड ईन्जेक्सन १ सय ४० वटा र ९८ वटा एड्राभोन इन्जेक्सन बरामद गरेको छ ।

उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शनिश्चरेबाट खटिएको एपीएफ टोलीले सो बसपार्कमा रहेको एक बसमा जाँच गर्ने क्रममा फेला पारेको हो ।

बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन २६ गते बुधबार, ०७:३१