बाराः निजगढ नगरपालिका–४ स्थित पुरानो निजगढबाट सोमबार एपीएफ टोलीले करिब एक लाख ७५ हजार रुपैयाँ बराबरको काठ बरामद गरेको छ ।

सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको साल तथा सिसौको चिरान काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश निजगढबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ सव डिभिजन वन कार्यालय तामागढीमा बुझाईएको छ ।

फाइल तस्विर


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १०:३३