बर्दियाः गुलरिया नगरपालिका–९ टेपरी स्थित सीमा इलाकाबाट बुधबार एपीएफ टोलीले करिब ११ क्यूफिट सगुन तथा ८ क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद काठ डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २५ गते बिहीबार, १९:४४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook