सिन्धुपाल्चोकः बाह्रबिसे नगरपालिका–३ स्थित दोभान खोलामा हामफाली बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले शनिबार फेला पारेको छ ।

सोही ठाउँ बस्ने ५४ वर्षिया धनकुमारी मगर उक्त खोलामा शुक्रबार हामफाली बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लामोसाँघुबाट एपीएफ टोली त्यस ठाउँमा खटिएको थियो ।

एपीएफ टोलीले उनको शव घटनास्थल भन्दा करिब तीन सय मिटर तल फेला पारेको हो ।


प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, २१:२६