उदयपुरः उदयपुरगढी गाउँपालिका–७ ठुलो टिकेनीबाट आज एपीएफ टोलीले करिब ८० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको उदयपुरगढी गाउँपालिका–१ बस्ने २९ वर्षीय पुण्यबहादुर मगर र सोही गाउँपालिका–३ बस्ने ४३ वर्षीय रामकुमार गोले रहेका छन् ।

उदयपुरबाट सिराहतर्फ जाँदै गरेका उनीहरुको साथबाट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले चार बोरा तयारी गाँजा फेला पारेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ १०, २०७७, २१:५६