रौतहटः गुजरा नगरपालिका–४ जंगलशैयास्थित लालबकैया खोलाबाट आइतबार एपीएफ टोलीले करिब नौ के.जी. पाँच सय ग्राम गाँजा बरामद गरेको छ ।

उक्त गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

नम्बर नखुलेको मोटरसाइकलमा आउँँदै गरेका केही व्यक्तिहरुले एपीएफ टोलीलाई देख्नासाथै उक्त गाँजा खोलामा फालेर फरार भएपछि गाँजा बरामद गरिएको हो ।

बरामद गाँजा एपीएफ टोलीले जिल्ला प्रहरी कार्यालय गौरमा बुझाएको छ ।


प्रकाशित मितिः सोमबार, वैशाख ८, १९:३२