बाँकेः नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाह स्थित सीमा इलाकाबाट आइतबार एपीएफ टोलीले करिब एक के.जी. चेरशसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ बस्ने २९ वर्षीय आनन्द खड्का, २० वर्षीय कैलाश शाही र सोही जिल्लाकै कोहलपुर नगरपालिका–११ बस्ने ३५ वर्षीय विश्वपी परियार छन् ।

रुपडियाबाट कोहलपुरतर्फ जाँदै गरेको बा ६ च ७५७१ नम्बरको टाटा पिकअप गाडीमा आएका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको चरेश फेला परेपछि पक्राउ गरिएको हो ।


एपीएफ टोलीले त्यसबेला उक्त टाटा पिकअप गाडी समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद चरेश तथा गाडीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, २१:५७