सप्तरीः तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित सीमा इलाकाबाट सोमबार एपीएफ टोलीले करिब एक लाख १७ हजार रुपैयाँ बराबरको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी घर बताउने २६ वर्षिय जोसिम आलम रहेका छन् ।

नेपालबाट अवैध रुपले लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको करिब १ किलो ३९ ग्राम चाँदीसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका आलमलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १२ गते बुधबार, १४:४२