काठमाडौंः रुपन्देहीको रोहिणी गाँउपालिका–७ पिप्रहिया स्थित सीमा इलाकाबाट आइतबार एपीएफ टोलीले चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ ।

अवैध रुपले चोरीपैठारी निकासी गर्दै गरेको करिब एक लाख एक हजार रुपैयाँ बराबरको ४ सय ५० के.जी. छोकडा र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सर्मजुवाबाट खटिएको एपीएफ टोलीले सोमबार चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव एक लाख रुपैयाँ बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले रौतहटको बौधिमाई नगरपालिका–७ बंकुल स्थित सीमा इलाकाबाट बरामद गरेको हो ।


बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, ०७:३३