काठमाडौंः रुपन्देहीको रोहिणी गाउँपालिका–७ मनहरा पुलबाट आज एपीएफ टोलीले चोरीनिकासीको सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरको करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको २७ बोरा छोकडा र १० वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेका हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय सुनौलीमा बुझाएको छ ।

यसैगरी बाराको विश्रामपुर गाउँपालिका–१ कल्याणपुर सीमा इलाकाबाट शुक्रबार एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख ५७ हजार रुपैयाँ बराबरको लत्ताकपडा र तीन वटा साईकल सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश छतवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।


यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोलीले आज चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करिब एक लाख नौ हजार रुपैयाँ बराबरको मोवाइलमा प्रयोग हुने सामान, लत्ताकपडा र आल्मोनियमको तार एपीएफ टोलीले रौतहटको बौधिमाई नगरपालिका–७ बंकुल स्थित सीमा इलाकाबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, १९:५५