काठमाडौंः कञ्चनपुरको भिमदत्त नगरपालिका–९ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले करिब पाँच लाख ४० हजार रुपैयाँ बराबरको चोरीनिकासीको खुकुरी चुरोट बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खल्लामछेट्टीबाट खटिएको एपीएफ टोलीले उक्त चुरोट बरामद गरेको हो ।

बरामद चुरोट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी, रौतहटको गौर नगरपालिका–२ स्थित लालबकैयाबाट बुधबार एपीएफ टोलीले करीब एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, कस्मेटिक सामान र किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।


बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १३ बिहीबार, १८:५०