काठमाडौंः कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–६ चानदेव जंगलबाट आज एपीएफ टोलीले करिब सात लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले चार वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र सुर्तीजन्य पदार्थ
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान तथा उक्त मोटरसाइकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

यसैगरी, रुपन्देही जिल्लाको सिदार्थनगर नगरपालिका–१ बाईपास इलाकाबाट शनिबार एपीएफ टोलीले करीव तीन लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २९ वटा मोवाईल सेट बरामद गरेको छ ।


भारतबाट अवैध रुपले लु ५९ प १३१६ नम्बरको मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसेवला मोवाईल सेट ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त मोवाईल सेट छाडी फरार भएको थिए ।

बरामद मोवाईल सेट तथा मोटरसाइकल भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

उक्त मोटरसाइकलको भन्सार दाखिला मुल्य एक लाख ५० हजार रुपैयाँ रहेको छ ।


प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, २०:२३