रुपन्देहीः सम्मरीमाई गाउँपालिका–१ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले करिब तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको मटर तथा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको चिनी र मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।


प्रकाशित मितिः सोमबार, असोज ५, २०७७, २१:१८