रुपन्देहीः सिद्वार्थनगर नगरपालिका–१ डण्डा इलाकाबाट सोमबार एपीएफ टोलीले करिब एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, ११:०१