काठमाडौंः मोरङ्ग र नवलपरासी पूर्वबाट एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

मोरङ्गको विराटनगर महानगरपालिका–१६ दरैयाबाट आज एपीएफ टोलीले करिब सात लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले आजै करिब पाँच लाख ५१ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको लेडिज कपडा बरामद गरेको छ ।


भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ४४१७ र लु २ ख २२६९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसभित्र बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको दुई हजार सात सय ५७ पिस लेडिज कपडा एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–१० पितौजीबाट बरामद गरेको हो ।

बरामद कपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १९:५३