धनुषाः नगराईन नगरपालिका–६ स्थित लगमाघाट इलाकाबाट आज एपीएफ टोलीले करीब एक लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न खालको मोवाईलको चार्जर बरामद बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको चार सय ६० वटा विभिन्न खालको मोवाईलको चार्जर सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस लगमाघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला उक्त चार्जर ल्याउँने व्यक्तिहरु एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उल्लेखित चार्जर सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद चार्जर स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, १९:२३