रुपन्देहीः सिद्वार्थनगर नगरपालिका–११ भुजौली सिमा इलाकाबाट आज एपीएफ टोलीले करीब एक लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न किसिमको आयुर्वेदिक औषधीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–४ बस्ने २५ वर्षीय रमजान मुसलमान तथा अख्तर भाट र भारतमा घर बताउने शेसफरेना रहेका छन् ।

भारतबाट अवैध रुपले भन्सार छली बा १७ च ७४९० नम्बरको कारमा राखेर ल्याउँदै गरेको अबस्थामा उल्लेखित आयुर्वेदिक औषधी एपीएफ टोलीले फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश भुजौलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेका उनीहरुलाई बरामद औषधी र सो कारसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १९:४०