झापाः कचनकबल गाँउपालिका–३ स्थित डाँगीबारी इलाकाबाट शुक्रबार एपीएफ टोलीले करीब एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ र हार्डवेयरका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यस्तै, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–७ स्थित सिमा इलाकाबाट बिहीबार एपीएफ टोलीले करीब दुई लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको युरिया मल र हार्डवेयरका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।


बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी कञ्चनपुरकै भिमदत्त नगरपालिका–१० स्थित सिमा इलाकाबाट बिहीबार एपीएफ टोलीले करीब एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाइल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोबाइल सेट एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ६ शनिबार, ११:४६