काठमाडौंः सप्तरीको राजगढ गाउँपालिका–२ स्थित सीमा इलाकाबाट बिहीबार एपीएफ टोलीले करिब ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय मिथिलेस यादव र भारतमा घर बताउने २१ वर्षीय शिवभजन यादव रहेका छन् ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लत्तापकडासहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालमा बुझाईएको छ ।
यसैगरी, कैलालीको टिकापुर नगरपालिका–९ स्थित पुरानो भन्सार इलाकाबाट आज एपीएफ टोलीले करिब दुई लाख ५८ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान सति भन्सार कार्यालय खक्रौलामा बुझाईएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १९:०२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook