रौतहटः गौर नगरपालिका–४ टिकुलिया सीमा इलाकाबाट आइतबार एपीएफ टोलीले करिब दुई लाख छ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, सुर्ती र चिनी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, १३:५९