काठमाडौंः विभिन्न ठाउँबाट एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको छ ।

महोत्तरीको एकडारा गाउँपालिका–२ स्थित सीमा इलाकाबाट बुधबार एपीएफ टोलीले करिब पाँच लाख ७४ हजार रुपैयाँ बराबरको रेडिमेट लत्ताकपडा तथा जुत्ता बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याई सीमा इलाकामा लुकाई छिपाई राखेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बुधबार करिब दुई लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना तथा हार्डवेयरका सामान बरामद गरेको छ ।


भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका–११ ऐरीघाट स्थित सीमा इलाकाबाट बरामद गरेको हो ।


प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, १९:५८