पर्साः वीरगञ्ज महानगरपालिका–१६ स्थित ईनर्वा इलाकाबाट आज एपीएफ टोलीले करिब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाडावर्तन र मोटर पार्टस सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला सामान ल्याउने व्यक्ति गस्तीमा रहेको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त सामान छाडी फरार भएका थिए ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले आजै करिब दुई लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।


अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वा स्थित सीमा इलाकाबाट बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय वीरगञ्जमा बुझाईएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, २१:०२