काठमाडौंः एपीएफ टोलीद्वारा रौतहट र झापाबाट चोरीपैठारीको सामान बरामद गरेको छ ।
रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले करिब दुई लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले आज करिब एक लाख ५९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
।
भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र सुर्ती एपीएफ टोलीले झापाको मेचिनगर नगरपालिका–४ माता चोकबाट बरामद गरेको हो ।
बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १७ गते शुक्रबार, २०:५८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook