सर्लाहीः कविलासी नगरपालिका–७ स्थित सीमा इलाकाबाट शनिबार एपीएफ टोलीले करिब दुई लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल सेट र लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले स्कुटरमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश फरदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसबेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त स्कुटर र सामान छाडी फरार भएका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, २०:२७