काठमाडौंः एपीएफ टोलीद्वारा महोत्तरी र बाँकेबाट चोरीपैठारीको सामान बरामद गरेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका–७ चाँदनी चोकबाट आइतबार एपीएफ टोलीले करिब एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको २ सय १० वटा एलइडी टिभीको स्क्रिनकभर बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त टिभीको स्क्रिनकभर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद स्क्रिनकभर भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले आज करिब एक लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता र मोटरसाइकलको व्याट्री बरामद गरेको छ ।
।
यूपी ४० आर ६२९६ नम्बरको भारतीय मोटरसाइकलमा अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित पिप्रहवा इलाकाबाट बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसबेला सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद सामान तथा मोटरसाइकल जमुनाहा भन्सार कार्यालयमा बुझाईएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, १९:१९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook