कैलालीः टिकापुर नगरपालिका–८ बनगाउँ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले करिब ६ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको टिकापुर नगरपालिका–२ विजयनगर बस्ने २३ वर्षीय रन्जु चौधरी र सोही नगरपालिका–१ बस्ने २२ वर्षीय सागर चौधरी रहेका छन् ।
भारतबाट से १ च २१४८ नम्बरको बलेरो जीपमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामानसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
त्यसबेला उल्लेखित सामान ल्याउन प्रयोग भएको उक्त बलेरो जीप समेत बरामद गरेको छ ।
। बरामद जीपको भन्सार दाखिला मुल्य ९ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २१ गते मंगलबार, २०:१४
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook