काठमाडौंः एपीएफ टोलीले विभिन्न ठाउँबाट चोरीपैठारीको सामान बरामद गरेको छ ।
रौतहटको बौधिमाई नगरपालिका–७ स्थित बंकुलबाट शनिबार एपीएफ टोलीले करिब दुई लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट समरजुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुनपुरबाट खटिएको एपीएफ टोलीले आज करिब एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा प्लाष्टिकको त्रिपाल बरामद गरेको छ ।
।
अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ स्थित मोहनपुरबाट बरामद गरेको हो ।
प्रकाशित मितिः २०७७ साल माघ ११ गते आइतबार, १९:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook