काठमाडौंः रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ भुजौलीबाट आइतबार एपीएफ टोलीले करिब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिराहाबाट खटिएको एपीएफ टोलीले आज करिब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ ।

भन्सार छली ल्याउँदै गरेको उक्त सामान सिराहाको भगवानपुर गाँउपालिका–३ अभयनगरस्थित सीमा इलाकाबाट बरामद गरिएको हो ।


एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १९ गते सोमबार, २०:४९