काठमाडौंः एपीएफ टोलीले रुपन्देही र महोत्तरीबाट चोरीपैठारीको सामान बरामद गरेको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित सीमा इलाकाबाट बिहीबार एपीएफ टोलीले करिब एक लाख ७५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सात थान मोवाईल सेट बरामद गरेको छ ।
यूपी ५५ एसी ६४३० नम्बरको भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद गरेको मोवाईल सेट तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
। बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख रुपैयाँ रहेको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मनहरा महोत्तरीबाट खटिएको एपीएफ टोलीले बिहीबार नै करिब एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा किराना सामान महोत्तरीको सिसवा नगरपालिका–९ स्थित सीमा इलाकाबाट बरामद गरिएको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रकाशित मितिः २०७७ साल माघ २३ गते शुक्रबार, १४:४१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook