रुपन्देहीः सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डाबाट आज एपीएफ टोलीले करिब १ लाख ९१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्टस्, हावर्डवेयर तथा कस्मेटिक सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १३ गते बिहिबार, २०:२०