काठमाडौंः एपीएफ टोलीले विभिन्न ठाउँबाट चोरीपैठारीको सामान बरामद गरेको छ ।

सिराहाको औरही गाँउपालिका–४ स्थित सीमा इलाकाबाट आज एपीएफ टोलीले करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट इट्टाटारबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले शनिबार करिब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।


उल्लेखित मूल्य बराबरको चोरीपैठारीको गहना राख्ने बट्टा कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित सीमा इलाकाबाट बरामद गरिएको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १६ गते आइतबार, १७:५८