पर्साः वीरगञ्ज महानगरपालिका–१७ बाट बुधबार एपीएफ टोलीले करिब १ करोड ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा धान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा धान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसबेला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त ट्रक समेत बरामद गरेको छ ।

बरामद सामान तथा ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त ट्रकको भन्सार दाखिला मुल्य ३० लाख रुपैयाँ रहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, ०८:४१