बाँकेः जानकी गाँउपालिका–१ स्थित सीमा इलाकाबाट मंगलबार एपीएफ टोलीले करिब २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ल्यापटप तथा नरिवल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जैसपुरबाट खटिएको एपीएफ टोलीले उल्लेखित सामान बरामद गरेको हो ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १८ गते बुधबार, ११:०१