धनुषाः धनौजी गाँउपालिका–४ बाट आइतबार एपीएफ टोलीले चोरीपैठारीको पाउडर दुधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय बिजय मण्डल रहेका छन् ।

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस इटहरुवाबाट खटिएको एपीएफ टोलीले मण्डललाई करीब ७२ हजार रुपैयाँ बराबरको पाउडर दुधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डललाई बरामद पाउडर दुधसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, १८:४४