धनुषाः जनकपुर उपमहानगरपालिका–७ स्थित माछा बजार इलाकाबाट शनिबार एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा सुर्तिजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मुसरनिया गाँउपालिका–५ बस्ने राज शर्मा र जनकपुर उपमहानगरपालिका–१० बस्ने सुरेन्द्र महतो रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेस जनकपुरबाट खटिएको एपीएफ टोलीले उक्त सामानसहित पक्राउ गरेको हो ।

ज ९ प ३८ नम्बरको मोटरसाइकल र अर्को एउटा नम्बर प्लेट नभएको मोटरसाइकलमा राखेर भन्सार छली अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा सुर्तिजन्य पदार्थ फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।


एपीएफ टोलीले त्यसवेला दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद सामान तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख ८७ हजार ६ सय रुपैयाँ रहेको छ ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, १०:४७